सान फ्रान्सिस्को, असोज २७ । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब दुई करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ‘ह्याकर’को पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर आक्रमणका कारण पाँच करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । ‘अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ’–फेसबुकका…