काठमाडौं, मंसिर १८ । जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी बुधबार नेपाल आइपुग्ने भएको छ । विश्व रग्बी ट्रफी टुरअन्तर्गत् विश्वकप ट्रफी बुधबार अपराह्न ४ बजे नेपाल आइपुग्ने रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए । नेपाल रग्बी संघको पहलमा नेपाल ल्याइन लागेको ट्रफी यही मंसिर २३ गतेसम्म नेपालमा राखिनेछ । नेपालमा रहँदा…