Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


सर एलेक्स फर्गुसन पाँच वर्षपछि फेरि म्यानचेस्टर युनाइटेड फर्किने


0
Shares

काठमाडौं । म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसन पाँच वर्षपछि फेरि म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किने भएका छन् ।

म्यानचेस्टर युनाइटेडका अहिलेसम्मका सफल र लेजेन्ड प्रशिक्षक मानिएका फर्गुसन ५ वर्षपछि क्लबको प्रशिक्षणमा देखिने भएका हुन् ।

यसअघि २३ वर्ष म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेर काम गरेका फर्गुसनले सन् २०१२–१३ को सिजनमा क्लबलाई प्रिमियर लिगको उपाधि दिलाएपछि संन्यास लिएका थिए ।

म्यानचेस्टर युसनाइटेडले पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकमा काम गरिरहेका ओली गुनरलाई केही टिप्स दिन उनी प्रशिक्षणमा आउने बताइएको छ ।

फर्गुसनले गुनको प्रशिक्षक टिमसँग छलफल गर्ने र टिमको रणनीतिमा पनि कुरा गर्ने बताइएको छ ।

गुनरलाई अन्तरिम प्रशिक्षकमा ल्याउन फर्गुसनको पनि हात रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गुनर म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा नियुक्त भएपछि क्लवले लगातार दुई खेलमा जित निकालेको छ ।

फर्गुसनले युनाइटेडको प्रशिक्षण हुँदा कूल ३८ उपाधि जितेका थिए ।

जसमा मुख्य १३ प्रिमियर लिग, ५ एफए कप, २ च्याम्पियन्स लिग रहेका छन् ।