Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


कमल र अनु वर्ष २०७४ का ‘सर्वोत्कृष्ट खेलाडी’


0
Shares

काठमाडौं, पुस १३ । कमल अधिकारी र अनु अधिकारी वर्ष २०७४ का सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

शुक्रबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको पुरस्कार समारोहमा पहिलोपटक उत्कृष्टमध्येबाट एक पुरुष र एक महिला गरी दुईजना सर्वोत्कृष्ट छानिएका हुन् ।

कमलले भारोत्तोलनमा र अनुले कराँतेमा उत्कृष्ट प्रदर्शन गरेको दाबीसहित संघले सर्वोत्कृष्टलाई जनही एक लाख रुपैयाँ वितरण गरेको संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा विभिन्न २९ खेलका उत्कृष्ट खेलाडी सम्मानित भए ।

भव्य नाचगानसहित आयोजना गरिएको उक्त कार्यक्रममा यसपटक आदर्श खेलाडीमा पार्थ सारथि सेनलाई विशेष सम्मान गरिएको छ ।

यस्तै, २५ हजार रुपैयाँ पुरस्कारको पत्रकार सम्मानबाट निरञ्जन राजवंशी सम्मानित भएका छन् ।