जकार्ता, भदौ १५ । एसियाली खेलकुद अन्तर्गत जुडोतर्फ व्यक्तिगत स्पर्धामा पदक पाउने नेपालको सम्भावना सकिएको छ । ईन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत जुडोतर्फ नेपालका तीन खेलाडी आज पराजित भए । महिला ७८ केजी मुनीको तौल समूहमा रिपिचेज खेल्ने अवसर पाएकी पुनम श्रेष्ठ कजाखस्तानकी खेलाडी जरिना राईफोभासँग पराजित भईन् । यसअघि प्रि–क्वाटरफाईनल खेलमा…