काठमाडौं, भदौ २२ । भारतमा हुने १९ वर्षमुनि (यु–१९)को एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि शुक्रबार १५ सदस्यीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको उक्त प्रतियोगिता यही भदौ २७ देखि असोज २ गतेसम्म सन्चालन हुनेछ । प्रतियोगितामा आशिफ शेखले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै, अन्य खेलाडीमा त्रिराज दास, रवि साह,…