काठमाडौं । भारतको ओडिसामा जारी विश्वकप हक्की प्रतियोगितामा जर्मनीले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । हिजो बेलुकी भएको समुह डि को खेलमा विश्व वरियताको छैटौं स्थानमा रहेको जर्मनीले चौथो स्थानको नेदरल्याण्ड्सलाई ४–१ ले हरायो । यही समुहको अर्को खेलमा मलेसियाले पाकिस्तानलाई १–१ गोलको बराबरीमा रोक्यो । गएरातीको जितसँगै जर्मनीले प्रतियोगिताको क्वाटरफाईनलमा स्थान पक्का गरेको छ ।…