८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश


0
Shares

काठमाडौं । अमेरिकी खेलाडी सेरेना विलियम युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस युएस ओपनअन्तर्गत आज बिहान भएको क्वाटरफाइनलमा चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई २–० को सोझो सेटमा हराउँदै पूर्व विश्व नम्बर एक सेरेनाले अन्तिम चारमा स्थान बनाएकी हुन् ।

२३ पटककी ग्राण्डस्लाम विजेता सेरेनाले आठौं वरियताकी खेलाडी प्लिस्कोभामाथि ६–४ र ६–३ को सहज जित निकालिन ।

६ पटककी युएस ओपन च्याम्पियन सेरेनाले गत सेप्टेम्बरपछि पहिलोपटक ग्राण्डस्लाम टेनिसको सेमिफाइनलमा स्थान पक्का गरेकी हुन् ।

यता, पूर्व विजेता स्लोआनी स्टेफेन्स भने क्वाटरफाईनलबाटै बाहिरिएकी छन् ।

अमेरिकी खेलाडी स्टेफेन्सलाई क्वाटरफाइनलमा लात्भियाकी अनास्तासिया सेभास्तोभाले ६–२ र ६–३ को सोझो सेटमा हराएकी हुन् ।