काठमाडौं, कात्तिक १७ । साफ यु–१५ फुटबल प्रतियोगिताअन्तर्गत् नेपालले भारतसँग १–० गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मैदानमा शनिबार भएको खेलमा १८औं मिनेटमा थलेचु बनलरुटफेलाले गरेको गोल नै भारतको जितका लागि पर्याप्त बन्यो । पहिलो हाफमा १–० गोलले पछि परेका नेपालले दोस्रो हाफमा सुधारिएको…