२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मदन भण्डारी स्मृति कप भलिबल मंसिर ९ देखि धनकुटामा


0
Shares

धनकुटा, कात्तिक १६ । मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो हप्तादेखि धनकुटामा हुने भएको छ ।

मदन भण्डारी स्पोर्ट एकेडेमी प्रदेश नम्बर १ समितिले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै मंसिर ९ देखि १३ गतेसम्म प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगिताको पहिलो संस्करण गत वर्ष विराटनगरमा भएको थियो ।

प्रतियोगितामा प्रदेश नं. १ का १४ जिल्लाका १४ टिमको सहभागिता हुने आयोजक समितिका अध्यक्ष सागर थापाले जानकारी दिए ।

लिग चरणमा हुने प्रतियोगिताका विजेताले ट्रफीसहित नगद १ लाख ५१ हजार, उपविजेताले १ लाख १ हजार र तेस्रोले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।