काठमाडौं, पुस १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मनाङ–मर्स्याङ्दी क्लबले जितिसकेको अवस्थामा दोस्रोदेखि पाँचको भिडन्त रोमान्चक देखिएको छ । शुक्रबार ललितपुको सातदोबाटोस्थित एन्फा मैदानमा भएको दोस्रो खेलमा तेस्रो स्थानको थ्रीस्टार क्लबमाथि नेपाल पुलिस क्लब हावी भएपछि भिडन्त रोमान्चक बनेको हो । ११औं चरणको खेलमा पुलिसले थ्रीस्टारलाई ३–१ ले हरायो । मध्यान्तरसम्म १–१…