बिराज रोस्यारा कैलाली, पुस २९ । ‘ए’ डिभिजन लिगको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लवलाई हराउँदै नेपाल पुलिस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपाल पुलिस क्लवले मनाङलाई १–० गोलले पराजित गरेको हो । धनगढी रंगशालामा भएको निकै रोमाञ्चक खेलमा मनाङलाई पहिलो खेलबाटै बाहिर पठाउन निरकुमार राईको एकमात्र गोल निर्णायक…