काठमाडौं । इङ्लिस क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपरले युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल खेलमा अग्रता लिएका छन् । गएराति भएको क्वाटरफाइनल पहिलो लेगको खेलमा लिभरपुलले पोर्चुगलको एफ.सी पोर्टोलाई २–० ले हरायो । लिभरपुललाई विजयी गराउन नाबि किएता र रोबर्टो फर्मीनोले एक–एक गोल गरे । जितसँगै लिभरपुलले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ । गएराति नै…