५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


महिला टी–ट्वेन्टी क्रिकेटमा नेपालको विजयी सुरुवात


0
Shares

काठमाडौं, पुस २८ । थाइल्यान्डमा जारी महिला टी–ट्वेन्टी स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

आज भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो ।

थाइल्यान्ड क्रिकेट एसोसिएसनको मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चीनले २० ओभरमा ६ विकेट गुमाउँदा मात्र ४८ रन बनाउन सक्यो । नेपालको कसिलो बलिङ सामु कमजोर देखिएको चीनका एक खेलाडीले मात्र दोहोरो रनको स्कोर बनाउन सकिन् ।

बलिङमा नेपालकी करुणा भण्डारीले तीन, नेरी थापाले दुई तथा सिता रानाले एक विकेट लिए ।

जवाफमा नेपालले ८ ओभर ४ बलमा विना विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । नेपालको जितमा ओपनरद्वय सिता रानामगरले २४ र काजल श्रेष्ठले १४ रन बनाए ।

जितसँगै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । नेपालले समूहमा २ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार मलेसियासँग खेल्नेछ । त्यस्तै सोमबार युएई र बुधबार थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

समूहका शीर्ष दुई टोली अन्तिम ४ मा प्रवेश गर्नेछन् ।