बारा, जेठ १ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बारामा ‘ग्रासरुट डे’ मनाएको छ । स्कुले बालबालिकालाई फुटबलमा सहभागी गराउने र दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एन्फाले गत भदौदेखि ग्रासरुट फुटबल प्रशिक्षण सुरु गरेको थियो । सिमरा रंगशालामा ग्रासरुट फुटबल प्रशिक्षण सन्चालन गराउने गरिएकाले बुधबार बारा जिल्ला फुटबल संघले विशेष कार्यक्रम आयोजना गरेको हो ।…