
काठमाडौं । अल्जेरिया र सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको सेमिफाइनलमा नाईजेरियालाई हराउँदै अल्जेरिया तथा ट्युनिसियालाई पाखा लगाउँदै सेनेगल फाइनलमा पुगेका हुन् ।
रियाद महरेजको कप्तानीमा रहेको अल्जेरियाले नाइजेरियालाई २–१ ले हरायो ।
अल्जेरियाको जितमा इन्जुरी समयको पाँचौं मिनेटमा कप्तान माहरेजले फ्रि–किक मार्फत गरेको गोल निर्णायक बन्यो ।
यसअघि ४० औँ मिनेटमा नाइजेरियाका विलियम ट्रस्ट–एकोङले आत्मघाती गोल गरेपछि अल्जेरियाले अग्रता लिएको थियो ।
तर ७२ औँ मिनेटमा ओडियन ईगालोले पेनाल्टीमार्फत गोल गर्दै नाईजेरियालाई खेलमा फर्काएका थिए ।
अल्जेरियाले आउँदो शुक्रबार हुने फाइनलमा सेनेगलसँग प्रतिस्पर्धा गर्ने छ ।
गएराति नै भएको अर्को सेमिफाइनलमा ट्युनिसियालाई अतिरिक्त समयमा पराजित गर्दै सेनेगलले फाइनलमा स्थान बनाएको हो ।
खेलको निर्धारित ९० मिनेटभित्र दुवै टोलीले पाएको एक एक वटा पेनाल्टी अवसर खेल फालेका थिए ।
अतिरिक्त समयको एघारौं मिनेटमा डाईलान ब्रोनले गोल गर्दै सेनेगललाई फाइनलमा पु¥याए ।
प्रतिक्रिया दिनुहोस्