Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथनको उपाधि सन्तोष र रेखाले जिते


0
Shares

काठमाडौं, असार ३० । खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि सन्तोषविक्रम विष्ट र रेखा चन्दले जितेका छन् ।

सोमबार कन्चनपुरको भीमदत्तनगरमा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ निर्धारित् दूरी एक घन्टा १५ मिनेट ३३ सेकेन्डमा पूरा गरी सशस्त्र प्रहरीको एपीएफका धावक विष्टले उपाधि जितेका हुन् ।

उपविजेता बनेका नेपाली सेनाका सुमन महादेनले निर्धारित् दूरी एक घन्टा २१ मिनेटमा पूरा गरेका थिए । स्थानीय लक्ष्मण भण्डारी तेस्रो तथा नेपाली सेनाका सन्तोष बोहरा चौथो भए ।

त्यसैगरी, महिलातर्फको उपाधि कन्चनपुरको भीमदत्त नगरपालिकाको गड्डाचौकीकी रेखा चन्दले जितेकी छन् । उनले निर्धारित् दूरी एक घन्टा ४० मिनेटमा पूरा गरेकी थिइन् ।

भीमदत्त नगरपालिकाको बागफाँटाकी लक्ष्मी बम उपविजेता, नेपाली सेनाकी कविता जनाल तेस्रो तथा सेनाकै अमृतिनाथ चौथो भइन् ।

‘दौड सुदूरपश्चिम दौड’ मूल नाराका साथ सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको दुवै विधाका विजेतालाई समान एक लाख, उपविजेतालाई ६० हजार, तेस्रो हुनेलाई ४० हजार तथा चौथोलाई २० हजार रुपैयाँ पुरस्कार दिइएको थियो ।