ताप्लेजुङ, वैशाख २६ । ताप्लेजुङमा सम्पन्न तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गर्यो । पुलिसमा ५ र आर्मीमा ७ जना राष्ट्रिय टिमका खेलाडी थिए । खेल ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माविको मैदानमा…