काठमाडौं । लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्लिस प्रियिमर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा म्यान सिटीले लेस्टरलाई १–० ले पराजित गर्यो । कठिन खेलमा म्यान्चेस्टर सिटीका लागि बेल्जियन डिफेन्डर भिन्सेन्ट कोम्पानीले निर्णायक गोल गरे । सिटीको यो जितसँगै प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो सिजनको अन्तिम खेलपछि हुने पक्का भएको छ…