२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विम्बल्डन टेनिसको उपाधि रोमानियाकी सिमोना हालेपले जितिन


0
Shares

काठमाडौं । यस वर्षको विम्बल्डन टेनिसको उपाधि रोमानियाकी सिमोना हालेपले जितेकी छन् ।

इङ्ल्यान्डको लण्डनमा गएराति भएको फाइनलमा अमेरिकी खेलाडी सेरेना विलियम्सलाई हराउँदै हालेपले उपाधि जितेकी हुन् ।

सेरेना विरुद्धको खेल हालेपले ६–२ र ६–२ को सोझो सेटमा जितिन् । निकै उत्कृष्ट प्रदर्शन गरेकी हालेपले सेरेनालाई स्तब्ध पार्न ५२ मिनेट मात्रै समय लगाईन् ।

हालेपका लागि यो पहिलो विम्बल्डन टेनिसको उपाधि हो । समग्रमा भने उनको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो ।

यसअघि हालेपले सन् २०१८ को फ्रेन्च ओपन टेनिस जितेकी थिईन् । हालेपको जितसँगै सेरेनाको कीर्तिमानी २४ औं ग्रान्डस्लाम जित्ने सपना अधुरै रह्यो ।

विम्बल्डन टेनिसको पुरुषतर्फको उपाधिका लागि आज रोजर फेडेरर र नोभाक जोकोभिच भिड्नेछन् ।

सेमिफाइनलमा रफाईल नदाललाई हराउँदै फेडेरर तथा अगस्टो बाउटिस्टालाई हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् ।