लन्डन, असार २० । स्पेनिस खेलाडी राफेल नदाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । वर्षको तेस्रो ग्राण्ड स्लाम विम्बल्डनको दोस्रो चरणको खेलमा अस्ट्रेलियाका निक किर्गिओसलाई पराजित गर्दै दोस्रो वरियताका नदाल अघिल्लो चरणमा उक्लिएका हुन् । किर्गियोस विरुद्धको खेल नदालले ६–३, ३–६, ७–६ र ७–६ को सेटमा जितेका हुन् । नदालले अब तेस्रो चरणमा…