२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बार्सिलोनाविरुद्ध ग्रानाडाको महत्वपूर्ण जित


0
Shares

काठमाडौं, असोज ५ । स्पेनिस लिग फुटबलमा बार्सिलोनालाई ग्रानाडाले हराएको छ ।

गएराति ग्रानाडाको मैदानमा भएको खेलमा बार्सिलोना २–० ले स्तब्ध बन्यो । कठिन प्रतिद्वन्द्वी बार्साविरुद्ध महत्वपूर्ण जित दिलाउन ग्रानाडाका रोमन अजिज र अल्भारो भाडिलोले एक–एक गोल गरे ।

बार्र्सिलोनाले खेल अवधिभर थुप्रै अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । उता बार्सिलोनाविरुद्धको जितसँगै ग्रानाडा लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ५ खेलबाट १० अंक जोडेको छ । समान १०–१० अंक जोडेका एथ्लेटिको मड्रिड र सेभिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् । सेभियाले एक खेल कम खेलेको छ ।

एथ्लेटिको मड्रिडले गएराति सेल्टा भिगोसँग गोलरहित बराबरी खेल्दा भियारियालले रियाल भालाडोलिडमाथि २–० को जित निकाल्यो ।

स्पेनिस लिगमा आज रियाल मड्रिड र सेभिया भिड्नेछन् ।