२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024


नेपाललाई भुटानको भर


0
Shares

काठमाडौं, असोज ६ । बंगलादेश काठमाडौंमा जारी तेस्रो संस्करणको १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सशस्त्र प्रहरीको मुख्यालय हलचोक मैदानमा भएको खेलमा भारतसित गोलरहित बराबरी खेल्दै बंगलादेश अन्तिम चारमा पुगेको हो ।

खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए ।

समूह ‘बी’को बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो । यो समूहबाट दुई खेलबाट ४ अंकसहित बंगलादेश सेमिफाइनलमा पुग्दा अर्को टोलीको टुंगो भारत र श्रीलंकाबीचको बुधबार हुने खेलबाट लाग्नेछ ।

यता, समूह ‘ए’बाट भुटान सेमिफाइनलमा पुगेको छ भने अर्को टोलीको टुंगो मंगलबार हुने भुटान र माल्दिभ्सबीचको खेलबाट लाग्नेछ ।

आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्ससित १–१ गोलको बराबरी खेल्दा आइतबार कमजोर आँकिएको भुटानसित ३–० को हार व्यहोरेको थियो ।

दुईपटकको च्याम्पियन नेपाल तेस्रो संस्करणको सेमिफाइनलमा पुग्नका लागि भुटानले माल्दिभ्सलाई कम्तीमा ४ गोलको अन्तरले हराउनुपर्ने हुन्छ । अन्यथा नेपाल बाहिरिँदा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ ।