‘विश्वकै अग्लो स्थान’मा गल्फ • Image Khabar Image Khabar


‘विश्वकै अग्लो स्थान’मा गल्फ


Imagekhabar
६ आश्विन २०७६, सोमबार १९:५०

‘विश्वकै अग्लो स्थान’मा गल्फ

काठमाडौं, असोज ६ । ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेस्ट गल्फ’ कात्तिकमा हुने भएको छ ।

विश्वको सर्वाधिक उचाइमा आउँदो कात्तिक ३ र ९ गते प्रतियोगिता हुने आयोजक बाह्रखरी मिडिया इभेन्ट्सले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगिता सोलुखुम्बुको कोङ्दे री र गोकर्ण गल्फ क्लबमा हुनेछ ।

पहिलो चरणमा कात्तिक ३ गते चार हजार २५० मिटर उचाइको सगरमाथा क्षेत्र कोङ्दे रीमा ४० बढी कर्पोरेट गल्फरले एक पार तीन कोर्समा प्रतिस्पर्धा गर्नेछन् । यो विश्वकै सबैभन्दा अग्लो स्थानमा भएको गल्फ प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

बाँकी रहेको दोस्रो चरणको १७ होलको खेल गोकर्ण गल्फ कोर्स काठमाडौंमा हुनेछ ।

विजेताले ‘गोल्डेन बल’ प्राप्त गर्नेछन् ।

सो प्रतियोगिताको समाचार संकलनका लागि बीबीसी, सीएनएन, रोयटर्स, एपी, एएफपी, ब्लुमबर्गलगायतका सन्चारमाध्यमलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्