सुर्खेत । दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगमा न्यु होराइजन बुटवलले पहिलो जित हात पारेको छ । शुक्रबार भएको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीलाई ७१ रनले हराउँदै बुटवलले बिजयी सुरुवात गरेको हो । पहिले ब्याटिङ गरेको न्यु होराइजन बुटवलले निर्धारित २० ओभरमा १ सय ६६ बनाएको थियो । उसका लागि सुनिल धमलाले ६० रन, अर्जुन रायमाझीले…