काठमाडौं, साउन १३ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले पहिलोपटक विश्व टेस्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको आधिकारिक सुरुआत गरेको छ । आइसीसीले टेस्ट खेल्ने ९ टिमबीच आउँदो बिहीबारदेखि प्रतियोगिता हुन लागेको जनाएको हो । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इंग्ल्यान्ड, अष्ट्रेलिया, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले भाग लिने सो च्याम्पियनसिपको लिग चरणका शीर्ष दुई टिमले उपाधिका लागि…