१४ जेष्ठ २०८१, सोमबार | Tue May 28 2024


‘स्वास्थ्यका लागि खेलकुद आवश्यक’


0
Shares

काठमाडौं, साउन ११ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवालले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंको सिफलस्थित बालमन्दिर डोजोको ग्रेडिङ, बधाइ तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले खेलकुदमा युवाको सहभागिता बढ्नुपर्ने भन्दै यसबाट मुलुकको समृद्धिमा सहयोग पुग्ने पनि बताए ।

सो बालमन्दिरमा आश्रित अनाथ बालबालिका कराँतेमा सहभागी छन् । उनीहरुलाई प्रशिक्षक सानुबाबु तामाङले दुई वर्षदेखि निःशुल्क प्रशिक्षण दिइरहेका छन् ।

कार्यक्रममा विभिन्न कराँते खेलाडीहरुलाई सम्मानसमेत गरिएको थियो ।