काठमाडौं, मंसिर ३० । प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रिय खेलकुद विकास विधेयकमाथि छलफल भएको छ । राष्ट्रियसभाले छलफलका लागि फिर्ता पठाएको विधेयकमा समितिले सोमबारदेखि पुनः दफादार छलफल सुरु गरेको हो । विधेयकमा खेल संघ स्थापना गर्न सकिने, प्रदेश तथा स्थानीयस्तरमा खेल संघ गठन तथा खेल संरचना निर्माण, स्थानीय कानुनबमोजिम स्थानीय तहले आफ्नो क्षेत्रभित्र खेलकुद…