
काठमाडौं । प्रि–सिजन भ्रमणअन्तर्गतको एक खेलमा इङ्लिस क्लब म्यान्चेस्टर सिटीले जापानको योकोहामा मारिनोसलाई पराजित गरेको छ ।
गएराति जापानमा भएको खेलमा म्यान्चेस्टर सिटी ३–१ ले विजयी भयो ।
सिटीको जितमा केभिन डे ब्रायन, राहिम स्टर्लिङ र लुकास मेचाले एक–एक गोल गरे । पराजित टोली योकोहामाका केइटा इण्डोले एक गोल फर्काए ।
मैत्रिपूर्ण फुटबलकै अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले जापानको भिसेल कोबेलाई २–० ले हराउँदा स्पेनको सेभियाले इङ्ल्याण्डको एभर्टनलाई १–० ले पराजित गर्यो ।
यसैगरी ईटालीको इन्टर–मिलानले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.इस.जी) लाई टाई ब्रकेरमा हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले इटालीको युडिनेजीलाई ४–१ ले स्तब्ध पार्यो ।
प्रतिक्रिया दिनुहोस्