काठमाडौं, असोज ९ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको टी–ट्वेन्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्का २७औं स्थानमा छन् । आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७औं स्थानमा यथावत् रहेका हुन् । कप्तान खड्काले ९०…