आइसीसी वरीयतामा पारस, सोमपाल र वसन्त • Image Khabar Image Khabar


आइसीसी वरीयतामा पारस, सोमपाल र वसन्त


Imagekhabar
९ आश्विन २०७६, बिहीबार १५:३६

आइसीसी वरीयतामा पारस, सोमपाल र वसन्त

काठमाडौं, असोज ९ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको टी–ट्वेन्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्का २७औं स्थानमा छन् ।

आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७औं स्थानमा यथावत् रहेका हुन् । कप्तान खड्काले ९० रेटिङ अंक पाएका छन् । उनी दुई महिनाअघि २५औं स्थानमा थिए ।

त्यस्तै, ब्याटिङतर्फ भने कप्तान खड्का ६६औं स्थानमा छन् ।

बलिङमा नेपाली टोलीका सदस्य रेग्मी ४११ रेटिङ पाउँदै ७३औं स्थानमा पुगेका छन् भने कामी ३९१ रेटिङ पाउँदै ७८औं स्थानमा झरेका छन् ।

त्यस्तै, अलराउन्डरतर्फ कामी ६७औं स्थानमा यथावत् रहेका छन् । उनले ४९ रेटिङ अंक पाएका छन् ।

आइसीसीको टोलीमा टी–२० वरीयतामा नेपाल ११औं स्थानमा यथावत् रहेको छ भने एकदिवसीय वरीयतामा नेपाल १७औं स्थानमा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्