
काठमाडौं, असोज ८ । विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल गल्फ संघले विश्व पर्यटन दिवस गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा आउँदो शुक्रबार आयोजना हुने प्रतियोगितामा ८० गल्फरले भाग लिने भएका छन् ।
सहभागिताका लागि थाइल्यान्ड, मलेसिया, दक्षिण कोरिया र इन्डोनेसियाबाटसमेत खेलाडीहरु आउने जनाइएको छ ।
गल्फ पर्यटनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको बताउँदै आयोजक संघले यसबाट भ्रमण वर्ष २०२० लाई सफल बनाउन मद्दत पुग्ने दाबीसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्