१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


रियाल मड्रिडद्धारा ओसासुना पराजित, अंक तालिकामा मड्रिडको अग्रता


0
Shares

काठमाडौं । ओसासुनालाई हराउँदै रियाल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडले ओसासुनालाई २–० ले हरायो । रियाललाई विजयी गराउन भिनीसीएस जुनियर र रोड्रीगोले एक एक गोल गरे ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियाल मड्रिडले ६ खेलबाट १४ अंक जोडेको छ । ओसासुनाको ६ खेलमा ७ अंक रहेको छ ।

रियाल मड्रिड एथ््लेटिको मड्रिडलाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । एट्लेटिकोले ६ खेलबाट १३ अंक जोडेको छ ।