Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


एशियाली खेलकुदका लागि रसुलीको कप्तानीमा १५ सदस्यीय अफगानिस्तान टोलीको घोषणा 


78
Shares

काठमाडौं । अफगानिस्तानले जापानको आइची-नागोयामा हुने सन् २०२६ को एशियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताका लागि टोलीकाे घोषणा गरेकाे छ ।

अफगानिस्तानले साेमबार मुख्यतया युवा खेलाडीहरू समेटेर टोली घोषणा गरेको हाे । १५ सदस्यीय टोलीको नेतृत्व दार्विश रसुलीले गर्ने भएका छन् । टोलीमा नजिबुल्लाह जद्रान र करिम जन्नतजस्ता अनुभवी खेलाडीहरू समेत समावेश भएका हुन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) को राष्ट्रिय छनोट समितिले चयन गरेको टोलीमा समावेश धेरैजसो खेलाडीहरू भर्खरै सम्पन्न ११औँ संस्करणको ‘श्पागीजा क्रिकेट लिग’ (एससीएल) बाट आएका हुन्

नियमित कप्तान राशिद खान तथा रहमानुल्लाह गुरबाज र अजमतुल्लाह ओमरजाईलगायतका अन्य प्रमुख खेलाडीहरू भने यस टोलीमा छैनन् । एशियाली खेलकुद आगामी सेप्टेम्बर २४ देखि अक्टोबर ३ तारिखसम्म आयोजना हुने तय भएको हाे । त्यसअघि अफगानिस्तानले दिल्लीमा भारतसँग ३ खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएकाे छ।

एशियाली खेलकुदमा अफगानिस्तानले समूह चरणमा नेपाल र जापानसँग खेल्ने भएकाे हाे ।