काठमाडौं । टप एण्ड टी-२० सिरिजमा सहभागी हुन नेपाली ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ।
नेपाली क्रिकेट टाेली सिरिज खेल्न सोमबार राति अस्ट्रेलियातर्फ प्रस्थान गरेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार नै बिदाइ गरेको थियो । यस पटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्ने भएका छन् ।
यहि भदौ ५ गतेदेखि शुरु हुने टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’ले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्ने भएकाे हाे । नेपालले भदौ ६ गते बंगलादेश हाई पर्फर्मेन्स, भदौ ८ मा होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदराबाद किङ्समेन एकेडेमी र भदौ १३ मा भिक्टोरिया सीए–११ विरुद्ध खेल्ने भएकाे छ ।
क्यानले अस्ट्रेलियामा रहँदा नेपाल ‘ए’ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेल समेत खेल्ने तालिका रहेकाे जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्