साफ यु–१८ फुटबलको सेमिफाइनल समीकरण पूरा • Image Khabar Image Khabar


साफ यु–१८ फुटबलको सेमिफाइनल समीकरण पूरा


Imagekhabar
८ आश्विन २०७६, बुधबार १९:२२

साफ यु–१८ फुटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं, असोज ८ । काठमाडौंमा जारी तेस्रो संस्करणको १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूहको अन्तिम खेलमा बुधबार भारतले श्रीलंकालाई ३–० ले पराजित गरेसँगै अन्तिम चारको समीकरण पूरा भएको हो ।

यो जितले समूह ‘बी’बाट भारत र बंगलादेशको समान ४ अंक, समान गोल र समान कार्ड भएपछि गोलप्रथाबाट भारत विजेता र बंगलादेश उपविजेताकारुपमा सेमिफाइनलमा पुगेका हुन् ।

भारतले सेमिफाइनलमा समूह ‘ए’को उपविजेता माल्दिभ्ससित खेल्नेछ भने बंगलादेशले समूह ‘ए’ को विजेता भुटानसित खेल्नेछ ।

सेमिफाइनल खेल शुक्रबार हुनेछ ।

६ टोली सहभागी प्रतियोगिताबाट दुईपटकको उपाधि विजेता नेपाल र श्रीलंका बाहिरिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्