काठमाडौं, माघ २३ । काठमाडौंमा जारी आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा ओमानले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार नेपाललाई १८ रनले पराजित गरेको ओमानले दोस्रो खेलमा बिहीबार अमेरिकालाई ६ विकेटले हरायो । अमेरिकाको २१३ रन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित् ५० ओभरमा…