
काठमाडौं । बंगलादेशमा हुने तय भएको साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण एक वर्षपछि सरेको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को हिजो बसेको बैठकले साफ च्याम्पियनसिप एक वर्ष पछि सार्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको महामारीको कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । अब प्रतियोगिता सन् २०२१ मा बंगलादेशमै हुनेछ ।
यसअघि १३ औं संस्करणको साफ च्याम्पियनसिप यही सेप्टेम्बरमा हुने तय थियो । बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको थियो । सन् २०१८ को १२ औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो ।
उक्त संस्करणमा भारतलाई २–१ ले हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो । नेपाल भने सेमिफाइनलसम्म पुगेको थियो ।
यस्तै महिला र पुरुषका उमेर समूहका दुई प्रतियोगिता साफ यूथ १५ र यूथ १८ च्याम्पियनसिपको मिति भने सेप्टम्बरमा बस्ने साफको अर्को बैठकले तय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्