२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रिमियर लिगः म्यान्चेस्टर सिटीद्धारा लिभरपुल ४–० ले पराजित, सेफिल्डले हरायो टोटनह्यामलाई


0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल च्याम्पियन लिभरपुललाई म्यान्चेस्टर सिटीले ४–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन केभिन डि ब्रायन, राहिम स्टर्लिङ र फिल फोडेनले एक एक गोल गरे ।

सिटीले अर्को एक गोल भने लिरभपुलका अक्सलेड चेम्बरलीनबाट आत्माघाती स्वरुप उपहार पाएको थियो । प्रिमियर लिगकै अर्को खेलमा सेफिल्ड युनाइटेडले टोटनह्याम हट्सपरलाई ३–१ ले पराजित गर्‍यो ।

गएरातिका खेलहरुसँगै म्यान्चेस्टर सिटीले दोस्रो स्थानको पकड बलियो पारेको छ । लिग च्याम्पियन लिभरपुलको ३२ खेलबाट ८६ अंक छ । समान खेलबाट सिटीको ६६ अंक भएको छ भने तेस्रो स्थानको लेष्टर सिटीको ५५ तथा चौथो स्थानको चेल्सीको ५४ अंक छ । एजेन्सी