काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिगको खेलमा एट्लेटिको मड्रिडसँग लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा घरेलु टोली एट्लेटिकोले साविक विजेता लिभरपुललाई १–० गोल अन्तरले पछि पारेको हो । एट्लेटिको पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ । खेलको चौथो मिनेटमा साउलले दिलाएको अग्रताले घरेलु टोली दोस्रो लेगमा बलियो अवस्थामा पुगेको…