काठमाडौं, साउन ३१ । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीका खेलाडीको कोरोना बिमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बिमा गर्न लागेको हो । खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बिमा गर्न लागिएको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख…