एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् । स्पेनिस राजनीतिज्ञ तथा वकिल समेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् । यस अघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष रहेका थिए । निर्वाचनमा उनले ५४.३ प्रतिशत मत पाएका थिए ।…