बार्सिलोनालाई हराउँदै मड्रिड शीर्ष स्थानमा « Image Khabar


बार्सिलोनालाई हराउँदै मड्रिड शीर्ष स्थानमा


Imagekhabar
२९ चैत्र २०७७, आईतवार ०७:२७

एजेन्सी । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले बार्सिलोनालाई २–१ ले हराएको छ ।

आफ्नै मैदानमा गएराति भएको ‘एल क्लासिको’ जित्दै रियाल मड्रिड ला लिगा अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

लिगमा ३० खेलबाट रियालको ६६ अंक भएको छ भने एक खेल कम खेलेको एथ्लेटिको मड्रिड समान ६६ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।

६५ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । गएराति बार्सिलोना विरुद्धको कठिन खेलमा रियाल मड्रिडका करिम बेन्जमा र टोनि क्रुशले एक एक गोल गरे ।

पराजित टोली बार्साका ओस्कर मिन्गुएजाले एक गोल फर्काए । खेलको अन्तिम मिनेटमा रियालका कासेमिरो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटियो ।

ला लिगाकै अन्य खेलहरुमा लेभान्तेले आइबार तथा काडिजले गेटाफेलाई १–० ले हराएका छन् ।

एथ्लेटिक बिल्बाओ र डेपोर्टीभो आलाभेजले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्