Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


अखिल नेपाल फुटबल संघकाे कार्यालयमा सीआईबीको छापा

अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा

208
Shares

काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा छापा मारेको छ।

सीआईबीको टोलीले शुक्रबार एन्फा कार्यालय सातदोबाटो ललितपुरमा छापा मारेको हो। अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ। आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबी जानकारी दिएकाे हाे।

अहिले एन्फा निलम्बनमा परेकाे छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपाललाई निलम्बनमा राखेको हो ।