इण्डियन प्रिमियर लिग आज राति पौने ८ बजे सुरु हुँदै « Image Khabar


इण्डियन प्रिमियर लिग आज राति पौने ८ बजे सुरु हुँदै


Imagekhabar
२९ चैत्र २०७७, आईतवार १५:१०

काठमाडौं, चैत २९ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आइतबार (आज) सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् ।

खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ ।

कोलकत्ताको कप्तानी इयान मोर्गन र हैदरावादको कप्तानी डेभिड वार्नरले गर्ने छन् ।

हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो ।

२०१८ मा हैदरावाद चेन्नेईसँग पराजित हुँदै उप विजेता बनेको थियो ।

गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्सलाई ७ विकेटले हराएको थियो ।

चेन्नेईले दिएको एक सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेट्टायो ।

यो जितपछि गत वर्षको उपविजेता दिल्लीले आइपीएलमा सुखद सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्