च्याम्पियन्स लिगको तालिका सार्वजनिकः मेस्सी र रोनाल्डो समूह चरणमै भिड्ने • Image Khabar Image Khabar


च्याम्पियन्स लिगको तालिका सार्वजनिकः मेस्सी र रोनाल्डो समूह चरणमै भिड्ने


Imagekhabar
१६ आश्विन २०७७, शुक्रबार ०८:४८

च्याम्पियन्स लिगको तालिका सार्वजनिकः मेस्सी र रोनाल्डो समूह चरणमै भिड्ने

काठमाडौं । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिगको समुह चरणको खेल तालिका सार्वजनिक गरिएको छ ।

युरोपेली फुटबल महासंघ युएफाले हिजो निकालेको ‘ड्र’ अनुसार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो समूह चरणमै भिड्ने भएका छन् ।

मेस्सीको टिम बार्सिलोना र रोनाल्डोको टिम युभेन्ट्स एउटै समुह ‘जी’ मा परेका छन् । यो समुहका अन्य दुई टोलीहरुमा युक्रेनको डाइनामो किभ र हंगेरीको एफ.टी.सी रहेका छन् ।

च्याम्पियन्स लिगको समूह ‘ए’ मा साविक विजेता जर्मनीको बायर्न म्युनिख, स्पेनको एट्लेटिको मड्रिड, रुसको लोकोमोटिभ मस्को र अष्ट्रियाको साल्जवर्ग छन् ।

यसैगरी समूह ‘बी’ मा स्पेनको रियाल मड्रिड, युक्रेनको शख्तर, इटालीको इन्टर मिलान र जर्मनीको बोरुसिया एम्ब्याच रहेका छन् भने समुह ‘सि’ मा पोर्चुगलको एफ.सी पोर्टो, इंग्लण्डको म्यान्चेस्टर सिटी, ग्रिसको ओलम्पियाकोस र फ्रान्सको मार्से रहेका छन् ।

समुह ‘डि’ मा इंग्लण्डको लिभरपुल, नेदरल्याण्ड्सको आयाक्स, इटालीको एटलान्टा र डेनमार्कको एफ.सी मिडेल्याण्डन रहेका छन् ।

यसैगरी इंग्ल्याण्डको चेल्सी, स्पेनको सेभिया, रुसको क्रास्नोडार र फ्रान्सको रेनेज समुह ‘इ’ मा पर्दा रुसको जेनिट सेन्ट पिट्सबर्ग, जर्मनीको बोरुसिया डर्टमण्ड, इटालीको लाजियो र बेल्जीयमको क्लब ब्रुज समुह ‘एफ’ मा छन् ।

च्याम्पियन्स लिगको अन्तिम समुह ‘एच’ मा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी), इंग्ल्याण्डको म्यानचेस्टर युनाइटेड, जर्मनीको आर.बी लेप्जीग र टर्कीको इस्तानबुल बासाक्शेर रहेका छन् ।

यो सिजनको युएफा च्याम्पियन्स लिगका खेलहरु अक्टोबर २० तारिख मंगलवारदेखि सुरु हुनेछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्