काठमाडौं । बिश्व प्रसिद्ध फुटबल हस्ती डिएगो अर्मेन्डो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएपछि विश्वभरबाट शोक ब्यक्त भइरहेको छ । म्याराडोनाको अर्जेन्टाईनी राजधानी ब्युनस आयर्सस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जानकारी दियो । यही महिनाको शुरुमा मस्तिष्तमा रगत जमेका कारण सफल शल्यक्रिया गरीएका म्याराडोनालाई मदिराको लतबाट हटाउने उपचार सुरु गर्ने तयारी भइरहेको…