एजेन्सी । प्रिमियर लिग क्लबले सम्झौता सकिएका खेलाडीको सम्झौता सिजनको अन्त्यसम्मका लागि थप्ने भएको छ । प्रिमियर लिग क्लबले छोटो समयका लागि अनुबन्ध भएका खेलाडीको सम्झौता जुन ३० सम्म थप्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण लिग नसकिएपछि क्लबले खेलाडीको सम्झौता थप्ने भएको हो । कोरोनाको कारण प्रिमियर लिग गत मार्चबाट स्थगित गरिएको छ…