एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी भएका छन् । समुह ‘जि’ अन्तर्गत नेदरल्याण्ड्समा भएको खेलमा घरेलु टोलीले लात्भियालाई २–० ले हरायो । यही समुहको अर्को खेलमा टर्कीले नर्वेलाई ३–० ले हराउँदा मोन्टेनेग्रोले जिब्रल्टारमाथि ४–१ को जित निकाल्यो । समुह ‘ए’ को खेलमा सर्वियाले पोर्चुगललाई २–२…