एजेन्सी । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले एल्चेलाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा योर्डी अल्बाले एक गोल थपे । जितसँगै तेस्रो स्थानको बार्सिलोनाले अंक तालिकाको दोसो स्थानको रियाल मड्रिडसँगको दूरी २ अंकमा सीमित गरेको छ । २४ खेलबाट बार्सिलोनाको ५० अंक भएको छ…