काठमाडौं । सेल्टा भिगोलाई ३–१ ले हराउँदै रियाल मड्रिड स्पेनिस लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति सेल्टा भिगोको मैदानमा भएको खेलमा साविक विजेता रियाल मड्रिडलाई विजयी गराउन फ्रेन्च खेलाडी करिम बेन्जमाले दुई गोल गरे । रियालका लागि अर्को एक गोल मार्को असेन्सीयोले गरे । पराजित टोली सेल्टा भिगोका सान्टि मिनाले एक गोल फर्काए…